Back

साफ यू–२० च्याम्पियनसिपको खेलको समय परिवर्तन

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी साफ यू–२० च्याम्पियनसिपको खेलको समय परिवर्तन गरेको छ । प्रतियोगिताको प्रत्येक दिनको दोस्रो खेल अब स्थानीय समय अनुसार राति ८ बजेको सट्टा ७ बजे सुरु हुनेछ । यद्यपि,पहिलो खेलको किक अफ समय साँझ ४ बजे रहनेछ

साफ यू–२० च्याम्पियनसिप आगामी जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा हुँदैछ । साफ राष्ट्रका ५ टोलीले भाग लिने प्रतियोगितामा पाकिस्तानले फिफा प्रतिबन्दका कारण भाग लिन पाउने छैन भने भुटानले पनि भाग लिएको छैन ।

साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दैछ । नेपालले जुलाई २७ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जुलाई ३१ मा नेपालले भारतसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

याद रहोस् २०१५ र २०१७ मा नेपालले साफ यू–१९ च्याम्पियनसिप जितेको थियो ।

Bhandari Anish
Bhandari Anish