Back

नेपालमा फुटसलको लोकप्रियता

सन १९३०  मा सर जुवान केरी अनीले उरूग्वेको राजधानी मन्टेभिडियो बाट बिकास गरेको फुटसल खेल आज सय भन्दा बढि देशहरूमा खेल्ने गरीन्छ।जसमा दश लाख भन्दा बढी खेलाडीहरू सहभागी भैसकेका छन्।सानो खेल मैदान फुटबलको सानो स्वरुप फुटसल ब्राजील,स्पेन अर्जेनटिना, रसिया आदि देशहरूमा फुटसलको लोकप्रियता अग्रस्थानमा आउने गर्दछ।चर्चीत फुटबल खेलाडीहरू लीनीयल मेसी,क्रिस्चीयानो रोनाल्डो,नियमार जे.आर , पेले,रोनाल्डीनो आदि फुटसलको उत्पादन हुन्।

माथी उल्लेखीत खेलाडीहरू प्रतिनिधि उदाहरण मात्र हुन्। फुटसल खेलले  धेरै खेलाडी उत्पादन गरे सँगै बिकसित देशमा नभई  बिकास उन्मुख देशमा पनि यस खेलको लोकप्रीयता ह्वातै बढेको पाइन्छ। नेपालमा पनि फुटसल खेलको लोकप्रीयता बर्तमान समयमा  बढ्दै गरेको पाइन्छ।सन २०११  मा दाजुभाइ नेवाङ्ग लामा : छिरिङ्ग नोर्बो लामा बाट पहिलो पटक नेपालमा भित्रिएको फुटसल खेल आज नेपालको राजधानी काठमाडौँ, बिराटनगर,पोखरा हेटौडा ,बनेपा,धरान,चितवन आदि ठाउहरूमा ब्यबसाहिक हिसाबले खेलाइरहेको पाइन्छ। कृतिम घाँस बिछ्याएर खेलाइने खेल फुटबल भन्दा थोरै खुल्ला ठाउहरूमा खेल्न सकीने भएरै फुटसल खेलको लोकप्रियता गाँउमा भन्दा सहरमा बढेको पाइन्छ।खुल्ला मैदानको कमी अब्यबस्थीत सहरीकरण, फुटसलबाट उत्पादित खेलाडी बाट फुटबलमा भएको बिकास ,फुटसलबाट जनमानसको  स्वास्थ्यमा देखीएको फाइदाले आज नेपालमा फुटसल खेल राम्रो ब्यबसाय हुदै गइरहेको छ।

चाइनाको हुवाङ्ग प्रान्त बाट फैलीएको कोभीड 19 कोरोना भाइरसबाट नेपाल पनि  प्रवावीत देशको सुचीमा पर्दै गर्दा पर्यटन,होटल,चलचीत्र,खेलकुद आदि क्षेत्रमा असर पारेको थीयो।अहिले पनि  कोभीड अनी यसको नया भेरीयन्टको जोखीम यथावत छ।तर फुटसलको लोकप्रियताले गर्दा फुटसल ब्यबसायमा परेको असर छायामा परेको छ।अत: फुटसल र फुटसल ब्यबसायको ब्यापक्तालाई प्राथमीक्तामा राखी खेलकुद मन्त्रालय बाट फुटसल खेलको लागी टोल,क्षेत्र,नगर,जील्ला प्रदेश हुँदै राष्ट्रीय फुटसल प्रतीयोगीता गर्न सके फुटसल ब्यबसाय र फुटसलले राष्ट्र र राष्ट्रीयतामा पुर्याउने योगदान अकल्पनीय छ।

Rastra Pukar
Rastra Pukar