साफ अन्डर-२० च्याम्पियनसिप अन्तर्गत, दोस्रो खेल नेपालले आज श्री-लंकासँग खेल्ने छ। प्रतियोगितामा निक्कै राम्रो सुरुवात गरेको नेपालले पहिलो खेलमा चिर-परिचित प्रतिदोन्दी माल्दिभ्स माथि ४-० को फराकिलो जित निकल्न सफल भएको थियो। आफ्नो रणनिती र नेपाली युवा टोलिको प्रदर्शन माथि विश्वाश गरेका प्रशिक्षक मेघराज के.सी. ले आजको खेल जित्न सकेमा फाईनल प्रबेशको सम्भावना पनि शहज र बलियो हुने बताएका छन।
माल्दिभ्ससँगको प्रदर्शन हेर्ने हो भने आज श्री-लंका बिरुद्द पनि नेपालको जितको सम्भावना बलियो देखिन्छ। तर, मैदानमा कुनै पनि विपक्षी टिमलाई कमजोर आक्नु आँफैमा मुर्खता हुनेछ भन्ने कुराको ज्ञान नेपाली युवा टोलीले राम्रोसँग बुझेको हुनुपर्छ।
आफ्नो पहिलो खेलमा बाङ्लादेशसँग १-० हार बेहोरेको श्री-लंकाले समग्रमा औसत प्रदर्शन गरेको थियो। त्यो खेललाई मध्यनजर गर्ने हो भने आज
श्री-लंका नेपाली युवा टोलिका लागि टाउको दुखाइ पनि बन्न सक्ने प्रबल सम्भावना देखिन्छ। लगातार दोस्रो खेल जित्दै फाईनल प्रबेशको योजनामा रहेको नेपालको यात्रामा बाधक पनि बन्न सक्छ।
तर माल्दिभ्स बिरुद्दको प्रदर्शन फेरी एकपटक श्री-लंकासँग दोहोयाउन सकेको खन्डमा नेपाली युवा टोलिको जित सुनिस्चित देखिने धेरै फुटबल प्रेमीहरुको बुझाई पनि रहेको छ। ९० मिनेटमा जस्तो सुकै नतिजा आउने भएकाले नेपाली युवा खेलाडीहरुले श्री-लंकालाई शहज रुपमा भने लिनु हुँदैन। नेपालले प्रतियोगिताका २ बलिया टिम भारत र बाङ्लादेशसँग अझै खेल्न बाँकी रहेको अवस्थामा आज जित निकल्न सकेको खन्डमा फाईनल प्रबेशका लागि नेपाली टोलीलाई यो खेल महत्तोपूर्ण देखिन्छ।
नेपालले श्री-लंका बिरुद्द आजको खेल बेलुका ७:१५ बजे ( नेपाली समय) खेल्ने तालिका रहेको छ। भारतको कालिङा रङसाला भुवनेश्वोरमा २५ जुलाई देखीसुरु भएको प्रतियोगितामा ५ टिमले भाग लिएका छन ।
आजै हुने अर्को खेल मा भारत र बाङ्लादेश एक-अर्का सँग खेल्ने तालिका रहेको छ। भारत बिरुद्द बाङ्लादेशको खेल दिउसो ०४:१५ बजे हुनेछ।


