Back

नेपाल उत्कृष्ट लयमा

भारतको भुवनेश्वोरमा जारी साफ अन्डर-२० च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ। कालिङा रङसालामा सम्पन्न भएको खेलमा नेपालले
श्री-लंकालाई ३-० गोल अन्तर ले निराश पर्‍यो। प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेको नेपाली युवाले हिजोको खेल जित्दै फाईनल प्रबेशको सम्भावना झन प्रबल बनाएको छ।

खेलमा पाएका केही राम्रा मौकाहरु सदुपयोग गर्न नसक्दा पहिलो हाफ दुबै टोलीले गोलरहित खेलेका थिए। पहिलो हाफमा नेपाली युवा मिड-फिल्डर दिपेस गुरुङले गरेको प्रहारले जाली चुमेता पनि रेफ्रीले तेस्लाई गोलको मान्यता भने दिएनन। ५८औ मिनेटमा कप्तान आयुश घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। अबिसेक वाइबाको क्रशमा आएको बललाई श्री-लंकाका खेलाडीले राम्रोसँग क्लियर गर्न नसकेको अवस्थामा आयुशले गोल गरेका थिए। खेलको ६५ औ मिनेटमा कृतिश रत्न छुन्जुले गोल गर्दै नेपालको अग्रता २-० मा पुराएका थिए। खेलको ८४औ मिनेटमा सुगम शुवालको पासमा गोल गर्दै मनग्य नकर्मीले नेपाली युथ टोलीको जित सुनिश्चित गरे ।

२ खेलमा २ जित निकालेको नेपाल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। पहिलो खेलमा माल्दिभ्सलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको नेपालले २ खेलमा सात गोल गरिसकेको छ। जारी प्रतियोगितामा नेपालका लागि कृतिश र मनग्य २-२ गोल गरीसकेका छन भने कप्तान आयुश , सुगम र दिपेशले एक एक गोल गरिसकेका छन।

हिजै भएको अर्को खेलमा आयोजक भारत बङलादेशसँग २-१ हार बेहोर्न वाध्य भएको छ । ५ टोलीले भाग लिएको प्रतियोगितामा राउन्ड-रोबिन आधारमा खेलहरु सन्चालन भईरहेका छन। अंकतालिकाको शिर्ष दुई भित्र रहने टोलीले फाईनल खेल्नेछन । नेपाल र बङलादेश क्रमश पहिलो र दोस्रो स्थानमा छन भने भारत, श्री-लंका र माल्दिभ्सले प्रतियोगितामा अंकको खाता खोल्न बाँकी नै छ ।

नेपालले अब २ बलिया टिम भारतसँग ३१ जुलाई र बाङ्लादेशसग २ अगस्टमा खेल्ने तालिका रहेको छ ।

Bhandari Anish
Bhandari Anish