Back

नेपाल टि२० लिगको लागि चार टोलीको प्रायोजक सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगको लागि चार टोलीको प्रतिनिधि सार्वजनिक भएको  छ ।सोमबार  एक कार्यक्रममाझ लिगमा सहभागी हुने छ  टोली मध्य ४ टोलिको प्रायोजक र प्रतिनिधिको नाम सार्वजनिक गरेका हो  ।

 काठमाडौंको प्रतिनिधित्व गर्ने टोली कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया ग्रुपको हुनेछ । भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्दै जनकपुर रोयल्स घोषणा गरेको छ । त्यस्तै विराटनगर सुपरकिंग्सलाई भारतको डायमन्ड डिजीक्यापले खरिद गरेको छ ।

अमेरिकामा अवस्थित नेपाली अल स्टार्सले लुम्बिनी अल स्टार्सको स्वामित्व लिएको छ।अमेरिकामा स्थानीय क्रिकेट खेल्दै आएको नेपाली अल स्टार्सका संजय शर्मा कार्यक्रममा उपस्थित थिए ।

पोखरा र फार वेस्टर्नको प्रतिनिधित्व गर्ने टोलीको स्वामित्वबारे भने केहि समयपछि जानकारी दिइने क्यानले बताएको छ ।

नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । ४ देखी छ जना सम्म बिदेसी खेलाडी अनुबन्द गर्न पाइने लिगमा एउटा टोलीले खेलाडी खरिद गर्न २ करोड रुपैया सम्म खर्च गर्न पाउने प्राब्धान रहेको छ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् भने बिदेशी खेलाडीको हकमा भने आपसी समाजदारीमा खरिद गरिने बताइएको छ।

भारतीय कम्पनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको रुपैयाँमा बेचेको छ। आइसीसीले समेत मन्यता दिएको नेपाल टि-२० लिग पहिलो सन्स्करण हो ।

Bhandari Anish
Bhandari Anish