Back

सन्दीपलाई अर्को झट्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध ‘लंका प्रिमियर २०२२’ स्थगित भएको छ। श्रीलंकामा देखीएको आर्थिक प्रभाब क्रिकेटमा पनि परेको देखिन्छ। यही आर्थिक संकटका कारण ” लंका प्रिमियर लिग ” तत्कालका लागि स्थगित गरिएको देखिन्छ। श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिगमा (एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डाम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए लामीछाने।

लिगको तेस्रो सन्स्करण आगामी अगस्ट १ देखी हुनुपर्नेमा आर्थिक संकटका कारण कठिनाई उत्पन्न हुनसक्ने भन्दै तत्कालका लागि स्थगित गरेको एसएलसीले जनाएको छ। सन्दीप “इन्टरनेशन डाइमण्ड”को समूहबाट अनुबन्ध भएका थिए । अक्सनमा ३ सय ५३ खेलाडी थिए । १ सय ८० विदेशी खेलाडी र १ सय ७३ श्रीलंकाका खेलाडीको सहभागिता थियो।

यस्तो थियो सन्दिप सम्मिलित डाम्बुल्ला जायन्ट्को टिम:

डार्सी शर्ट, दसुन शनका, बेन कटिङ, भानुका राजपक्षे, सन्दीप लामिछाने, टिम सिफर्ट, हैदर अली, चथुरंगा डि सिल्भा,रमेश मेन्डिस, नुवान प्रदीप,शेल्ड्रन कटरेल, प्रमोद मदुशन, लासिथ क्रुसपुल,कलना परेरा,दिलुम सुदिरा, सचिता जयथिलेके,दुषण हेमन्थ, साशा डे अल्विस र रविन्दु फर्नान्डो ।

Bhandari Anish
Bhandari Anish