अखिल नेपाल फुटबल संघ ( एन्फा) ले साफ अन्डर-२०का लागि खेलाडी छनोट गरेको छ।मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार टोलिको घोषणा गरेका हुन। देशका बिभिन्न स्थानबाट आएका ५०० भन्दा बढी युवा खेलाडीहरुबाट छनोट गरेर मुख्य टोली बनाइएको हो।
टोलिमा पर्ने खेलाडीहरुको नामावली यस्तो छ .
गोलकिपरहरु:
ईश्वर गुरुङ, उनेश चौधरी, जियरथ सिख।
डिफेन्डरहरु :
अमर श्रेष्ठ,सोनित दाहाल,आयुश श्रेष्ठ,अजय चौधरी,सुमित श्रेष्ठ,श्रीजन धानी,रोशन थापा,अभिसेक वाइबा।
मिडफिल्डरहरु
दिपेस गुरुङ,आशिश राइ,सन्दिप कार्की,जन्मजए धामी,मोहित गुरुङ,कृतिश रत्न छुन्जु,सुगम शुवाल,मनग्य नकर्मी,आयुश घलान।
फरवार्डहरु
दिपेस राइ,निरन्जन मल्ल,रोहन खड्गी ।
साफका बिविन्न उमेर समुहका प्रतियोगिताहरु यसअघी आयोजना भएतापनी अन्डर-२० भने पहिलो पटक आयोजना हुन लागेको हो। प्रतियोगिताको आयोजना भारतले गर्नेछ। कुल ५ टोली शहभागी हुने भएकाले प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइने छ। भारतको भुवनेश्वोरमा जुलाई २५ देखी अगस्त ५ २०२२ सम्म प्रतियोगिता सन्चालन हुनेछ। भारत, नेपाल , बाङ्लादेश, माल्दिब्स र स्रि-लन्का ले भाग लिने छन भने पाकिस्तान भने फिफाको प्रतिबन्दका कारणले भाग लिन पाउने छैन।
स्मरण रहोस् यसअघी सम्पन्न भएका उमेर समुहका प्रतियोगितामा यू -१९ तर्फ नेपालले २०१५ र २०१७ मा उपाधी जितेको थियो। राष्ट्रिय टिमबाट सम्म आफ्नो खेल प्रस्तुत गरिसकेका आयुश घलान सम्मिलित टिममा डेन्मार्कको एकेडेमी प्रशीक्षण गरिरहेका सुगम शुवाल पनि परेका छन।
एक महिना लामो प्रशिक्षण गरेको युवा टोलि राम्रो प्रदसन गर्नेमा मुख्य प्रशिक्षक मेघराज केसी निक्कै विश्वाश गरेको बताउछन।


