साफ अन्डर-२० च्याम्पियनसिपमा फुटबलमा सहभागिता जनाएको नेपाली युवा टोली आज बिहीबार स्वदेश फर्कने भएका छन। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको छ । नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । कालिंगा रंगसालामा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।


राउन्ड रोबिनका आधारमा सन्चालन भएको प्रतियोगितामा ४ खेल खेल्दा नेपालले २ जित,१ बराबर, र १ खेलमा हार बेहोर्दा तेस्रो स्थान प्रतियोगिता समापन गर्न सफल भयो। पहिलो खेलमा माल्दिभ्सलाई ४-० पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० पराजित गरेको थियो। समुहको तेस्रो खेलमा आयोजक भारतसँग ८-० को अप्रत्यसित हार बेहोर्न पुग्दा नेपालको फाईनल पुग्नबाट बन्चित भएको थियो। आफ्नो अन्तिम खेलमा बाङ्लादेश १-१ को बराबरी खेल्दा नेपाली युवा टोलीको साफ अन्डर-२० च्याम्पियनसिपको उपाधी जित्ने सपना समाप्त भएको थियो।
साफ अन्डर-२० च्याम्पियनसिपमा २०२२ को फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार ५ अगस्टमा फाईनल खेल हुनेछ।